काठमाडौं - महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सेयरबापतको थप ५० प्रतिशत रकम जम्मा गर्न संस्थापक सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै सेयरबापतको थप ५० प्रतिशत रकम जम्मा गर्न आग्रह गरेको हो ।
कम्पनीको गत वैशाख २५ गते सम्पन्न विशेष साधारणसभाको निर्णयाअनुसार अधिकृत, चुक्ता र जारी पुँजी भएबमोजिम कम्पनीको गत जेठ १० गते बसेको सञ्चालक समितिको बैठकले साबिक संस्थापक सेयरधनीहरबाट लगानी भएको रकमको थप ५० प्रतिशत रकम माग गर्ने निर्णय गरेको थियो ।
सोहि निर्णयबमोजिम सेयर स्वामित्वका आधारमा कम्पनीले थप ५० प्रतिशत रकम जम्मा गर्न संस्थापक सेयरधनीहरुलाई आग्रह गरेको हो ।
प्रतिक्रिया