काठमाडौैं- ङादी ग्रुप पावर लिमिटेडले हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ङादी ग्रुप पावरलाई हिजो (बिहीबार) १ः१.५ अनुपातमा हकप्रद निष्कासनको अनुमति दिएको छ।
सेबोनको अनुमतिसँगै कम्पनीले १०० अंकित दरका कुल १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद आफ्ना सेयरधनीहरुका लागि जारी गर्नेछ।
यो हकप्रदको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।
प्रतिक्रिया