असार १७ देखि नेपाल फाइनान्सको १४ लाख कित्ता बढी सेयर बिक्रीमा आउने

३ बर्ष अगाडि

काठमाडौं - नेपाल फाइनान्सको अवितरित सवा १४ लाख कित्ता बढी सेयर यही असार १७ गतेबाट लिलामीमा आउने भएको छ । 

कम्पनीले गत जेठ ६ गतेदेखि जेठ २६ गतेसम्म आफ्ना सेयरधनीहरुका लागि बिक्री खुला गरेको हकप्रदमा बिक्री हुन बाँकी रहेको कुल १४ लाख ३९ हजार ४१२.२७५ कित्ता सेयर बिक्रीमा राख्ने भएको हो । 

जसमा संस्थापक समूहको ११ लाख ३६ हजार ७१६.१८७ कित्ता र सर्वसाधारण समूहको ३ लाख २ हजार ६९६.०८८ कित्ता सेयर छन् । लिलामी सेयरमा इच्छुक व्यक्ति, कम्पनी र संस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन् । 

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाण्डौको कमलादीस्थित कार्यालय, नेपाल लफाइनान्सको केन्द्रीय कार्यालयसहित बनेपा, माछापुच्छ्रे, लगनखेल र तिलोत्तमा शाखा तथा प्रभु बैंकका शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, नेपालगन्ज, सुर्खेत र धनगढीमा पेस गर्न सकिनेछ । 

यो लिलामी सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलपत्र पेस गर्दा न्यूनतम मूल्या वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा १० अंकले भाग जारी गरी सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ । 

३ बर्ष अगाडि

प्रतिक्रिया