ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ का इकाइहरु असार २२ गतेबाट बिक्रीमा आउने, कति ?

३ बर्ष अगाडि

काठमाडौं - ग्लोबल आइएमई म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१’ का इकाइहरु यही असार २२ गतेबाट बिक्री खुला गरिने भएको छ । 

कोष प्रवर्द्धक ग्लोबल आइएमई बैंक र योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेका यस योजनाका १० अंकित दरका कुल १२ करोड इकाइ बिक्री खुला गरिन लागेको हो । 

कुल इकाइमध्ये न्यूनतम बिक्री हुनुपर्ने ६ करोड वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १५ प्रतिशत इकाइमध्ये योजना व्यवस्थापक ग्लोलब आइएमई क्यापिटललाई १.५ प्रतिशत वा १८ लाख इकाइ तथा कोष प्रवर्द्धक ग्लोबल आइएमई बैंकलाई १३.५ प्रतिशत वा १ करोड ६२ लाख इकाइ सुरक्षित गरएको छ । 

बाँकी १० करोड २० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ । यो योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतममा १ करोड २० लाख इकाइका लागि खरिद आवेदन पेस गर्न सक्नेछन् । 

यसमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरी सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुमा आवेदन पेस गर्न सकिनेछ । 

यस योजनामा असार २६ गतेसम्म आवेदन पेस गर्न सकिनेछ । 

३ बर्ष अगाडि

प्रतिक्रिया