राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन आईपीओमा आजसम्म मात्र आवेदन दिन सकिने

३ बर्ष अगाडि

काठमाडौं - राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आईपीओमा आवेदन दिने आज असार १० गते अन्तिम दिन रहेको छ ।

यो कम्पनीले गत जेठ २४ गतेदेखि आयोजना प्रभावित क्षेत्र अर्थात रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन गरेको छ । यो आईपीओमा आज बैंकिङ समय आवेदन दिन सकिने व्यवस्था गरिएको धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । 

कम्पनीले प्रतिसेयर १०० अंकित दरका ६ लाख १२ हजार ७९३ कित्ता आईपीओ निष्कासन गरेको छ। यो आईपीओको आकार कम्पनीको जारीपुँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको १० प्रतिशत हुन आउँछ । 

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ६ लाख कित्ता सेयरका लागि दरखास्त दिन सक्नेछन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया