एजेन्सी - बेलायतको केन्द्रीय बैंक, बैंक अफ इङ्गिल्यान्डले २० र ५० का पाउन्ड स्ट्रलिङ नोटहरुलाई नजिकको बैंकमा १०० दिन भित्रमा जम्मा गर्न बेलायती जनतालाई आदेश दिएको छ । आगामी सेप्टेम्बर ३० मा उक्त कागजी नोटहरुको वैधानिकता सकिने भएकाले नजिकको बैंकमा साट्न भनेको हो ।
कागजका २० र ५० पाउन्ड स्ट्रलिङका नोटहरु पोलिमरमा परिवर्तन हुने भएका हुन । पोलिमरमा परिवर्तन नभएका कागजी २० पाउन्ड स्ट्रलिङको नोटहरु ६ बिलियन पाउन्ड बराबरका रहेका छन् भने ५० दरका नोटहरु ८ बिलियन पाउन्ड स्ट्रलिङ रहेको बेलायतको केन्द्रीय बैंकले जनाएको छ ।
२० पाउन्ड स्ट्रलिङको नोटमा अर्थशास्त्री एडम स्मिथलाई फिचर गरिएको छ । त्यसैगरी ५० को नोटमा स्वःउद्यमी म्याथिउ बौल्टन र इन्जिनियर जेम्स वाटलाई फिचर गरिएको छ ।
केन्द्रीय बैंकले पोलिमर ५० पाउन्ड स्ट्रलिङको नोटमा कोड ब्रेकर ब्लेटच्ले पार्क र वैज्ञानिक एलन टरिङलाई फिचर गरी मुद्रण गरेको एक वर्ष भइसकेको छ । यसअघि वैज्ञानिक टरिङलाई ५, १०, २० गर्दै अहिले ५० पाउन्ड स्ट्रलिङमा फिचर गरिएको हो ।
प्रतिक्रिया