सिद्धार्थ बैंकले आजबाट बिक्रीमा ल्यायो ४ अर्बको ४० लाख कित्ता ऋणपत्र, ब्याजदर कति ?

३ बर्ष अगाडि

काठमाडौं - सिद्धार्थ बैंक लिमिटेडले आजदेखि वार्षिक  १०.७५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्दैछ । बैंकले ‘एसबिएल डिबेन्चर २०८९’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो। सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । 

सोमध्ये ४० प्रतिशत अर्थात १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ । 

सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये ८० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सो ऋणपत्र खरिदका लागि छिटोमा असार १४ गतेसम्ममा आवेदन दिनुपर्नेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार २४ गतेसम्म लम्बिनेछ । 

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । 

लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट उक्त ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया