काठमाडौं - बीमा समितिले बीमा कम्पनीहरूलाई कारवाही गर्ने भएको छ। समितिले समयमा लेखापरीक्षण नबुझाउने २२ बीमा कम्पनीहरूलाई कारवाही गर्ने भएको हो ।
समितिले निर्धारित समयमा वित्तिय विवरण तयार पारी लेखा परिक्षण प्रतिवेदन बीमा समितिमा नबुझाउने कम्पनीहरूलाई कारवाही गर्ने भएको छ । नियामक निकाय बीमा समितिले यसअघि पनि बीमा समितिको नियमित विपरित काम गर्ने वा दायरा बाहिर बस्ने कम्पनीहरूलाई कारवाही गरेको थियो ।
नियमकको सीमाभन्दा बाहिर गएका कम्पनीहरूलाई कानुनी दायरामा नबसे आगामी दिनमा थप कारवाही गर्ने सन्देश आज एकै पटक २२ वटा बीमा कम्पनीहरूलाई कारवाही गरेर दिएको छ ।
कारबाही पर्ने कम्पनीहरूमा
१. नेपाल पुर्न बीमा कम्पनी लिमिटेड
२. लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड
३. एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
४. सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
५. प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
६. ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
७. रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
८. सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
९. प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
१०. महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
११. राष्ट्रिय बीमा संस्थान
१२. नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
१३. नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
१४. गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
१५. आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
१६. यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
१७. सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
१८. सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
१९. दि ओरिएण्ट इन्स्योरेन्स कम्पनी लिमिटेड
२०. नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेड
२१. राष्ट्रिय बीमा कम्पनी लिमिटेड
२२. सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
समितिले बीमा ऐन, २०४९ र बीमा नियमावली, २०४९ बमोजिम तोकिएको समयसिमाभित्र बीमा समितिमा आर्थिक वर्ष २०७६/०७७ मा आफूले गरेको बीमा व्यवसायको हिसाब किताबको लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनीहरू प्रत्येकलाई दश हजारका दरले जरिवाना गर्ने निर्णय समितिले गरेको छ ।
प्रतिक्रिया