ग्लोबल आइएमई बैंकले ल्यायो ग्राहकहरुको छनौटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड

३ बर्ष अगाडि

काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकलाई उनीहरुको आफ्नै छनौटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने सुविधा ल्याएको छ । 

बैंकले ‘मेरो आफ्नै डेबिट कार्ड’ योजनाअन्तर्गत यो सुविधा ल्याएको हो । बैंक आफ्नै छनोटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने योजना ल्याउने नेपालकै पहिलो वित्तीय संस्था हो ।

यस योजनाअन्तर्गतको डेबिट कार्ड प्राप्त गर्न ग्राहकले ग्लोबल आइएमई बैंकको वेबसाइटमार्फत अनलाइनबाट आवेदन दिनुपर्नेछ । कार्डप्रिन्ट गर्नुअघि ग्राहकले आफ्नो डिजाइन अनुसारको कार्डलाई भर्चुअल रुपमा हेर्न र आफूलाई मनपर्ने डिजाइन छनोट गर्न सक्नेछन् । 

ग्राहकसँग वेबसाइटमा पूर्वडिजाइन गरिएका कार्डको विविधता छनौट गर्ने विभिन्न विकल्पसमेत उपलब्ध हुनेछन् । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले ‘मेरो आफ्नै डेबिट कार्ड’ योजना सार्वजनिक गरेको हो । 

यस्ता नवीनतम प्रविधिहरुको प्रयाग गर्दै बैंकले समयसापेक्षताअनुरुप ग्राहकलाई लावान्भित गर्दै आएको छ ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया