आन्दोलन र अनसन अन्त गरेपश्चात लागु हुने गरी  समिति गठन गर्ने, अनसनलाई निरन्तरता दिदैँ

३ बर्ष अगाडि

नेपाल धितोपत्र बोर्डले आन्दोलन र आमरण अनसन अन्त गरेपश्चात लागु हुने गरी समस्या समाधान समिति गठन गर्ने भएको छ। बुधबार पूँजीबजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालालाई पठाइएको पत्रमा सो कुरा उल्लेख गरिएको छ।

‘पूँजीबजार सुधार संघर्ष समितिबाट प्राप्त एकिकृत १९ बुँदे माग सम्बोधनका सम्बन्धमा त्यस समितिबाट प्राप्त मिति २०७९र०३र०८ को निवेदन अनुसार आन्दोलन र आमरण अनसन अन्त गरेपश्चात लागु हुने गरी बोर्डका तर्फबाट कामु कार्यकारी निर्देशक विजय देव आचार्य र कामु कार्यकारी निर्देशन मुक्तिनाथ श्रेष्ठ, पूँजीबजार सुधार संघर्ष समितिबाट २ जना विज्ञ प्रतिनिधि तथा नेपाल सरकारबाट मान्यता प्राप्त लगानीकर्ता संघका एक एक जना प्रतिनिधि रहने गरी समस्या समाधान समिति गठन गरिनेछ।’ पत्रमा उल्लेख छ।

यद्यपि, यस कुरामा भने लगानीकर्ताहरुले सहमति जनाएका छैनन्। लगानीकर्ताहरुले आज नवौँ दिन पनि अनसनलाई निरन्तरता दिएका छन्।

३ बर्ष अगाडि

प्रतिक्रिया