बिक्री नभएको समृद्धि फाइनान्सको पौने ८ लाख कित्ता सेयरमा आजसम्म मात्र आवेदन दिन सकिने

३ बर्ष अगाडि

काठमाडौं - समृद्धि फाइनान्स कम्पनी लिमिटेडले लिलामीमा राखेको झन्डै पौने ८ लाख कित्ता सेयरमा बोलपत्र पेस गर्ने आज असार ९ गते अन्तिम दिन रहेको छ । 

कम्पनीले गत फागुनमा जारी गरेको हकप्रदमा बिक्री नभएको संस्थापक समूहको कुल ७ लाख ७२ हजार ६६६ कित्ता सेयर गत असार १ गतेबाट लिलामीमा राखेको हो  बोलपत्र आज बैंकिङ समयसम्म बुझाउन सकिने धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटलले जनाएको छ । 

यो लिलामी सेयरमा विद्यमान संस्थापक तथा सर्वसाधारण सेयरधनी वा अन्य व्यक्ति तथा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन् ।

यो लिलामी सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम १०० रुपैयाँ र सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतम सेयरका लागि भने कुनै हद लाग्ने छैन । 

३ बर्ष अगाडि

प्रतिक्रिया