तिलक कोइरालाले अनशन तोड्ने

३ बर्ष अगाडि

 पुँजीबजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालाले आज आमरण अनशन नतोड्ने भएका छन् । आज कोइरालाले तोड्न सक्ने बताइएको छ । 

नेपाल धितोपत्र बोर्ड (सेबोन) बाहिर कोइराला गत असार १ गतेबाट आमरण अनशनमा बसेका छन् । आज आमरण अनशनको नवौं दिन हो । 

बुधबार दिउँसो धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले लगानीकर्ताहरुका १९ बुँदे माग कार्यान्वयन गर्न एउटा कार्यान्वयन समिति बनाउने निर्णय गरेका थिए । उक्त समितिमा धितोपत्र बोर्डका दुईजना र लगानीकर्ताका ४–५ प्रतिनिधि बस्ने भनिएको थियो । 

लगानीकर्ताका तर्फबाट कोइरालाले नाम सिफारिस गरिसकेको अवस्था छैन । ‘सम्भवतः आजसम्म समितिमा बस्ने लगानीकर्ताहरुको नाम टुंगो लाग्ला’, आन्दोलनको संयोजन गरिरहेका एसपी चौलागाईंले भने ।

३ बर्ष अगाडि

प्रतिक्रिया