नारायणी डेभलपमेन्ट बैंकद्धारा हकप्रद सेयर निश्कासनको प्रस्ताव पारित, कति ?

३ बर्ष अगाडि

काठमाडौं - नारायणी डेभलपमेन्ट बैंकले हाल कायम चुक्तापूँजीको १ बराबर १ को अनुपातमा हकप्रद सेयर निश्कासनको प्रस्ताव पारित गरेको छ । 

बुधबार सम्पन्न विशेष साधारणसभाले हाल कायम चुक्तापूँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँमा १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो । 

हकप्रद सेयर जारी गरेपछि नारायणी डेभलपमेन्ट बैंकको चुक्तापूँजी बढेर ५२ करोड ४९ लाख ३५ हजार २०० रुपैयाँ पुग्नेछ । 

सभाले पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गरेसँगै सोहीबमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संसोधन गर्ने प्रस्ताव पनि पास गरेको छ । 

योसँगै मर्जर तथा एक्वीजिसनका लागि सम्भावित समझदारीपत्रमा हस्ताक्षर गर्ने लगायत सोसँग सम्बन्धित कार्यहरु गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय पनि भएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया