काठमाडौं - सिभिल बैंकले ५ अर्ब बराबरको डिबेञ्चर निष्काशन गर्ने भएको छ । जसका लागि बैंकले ग्लोबल आइएमइ क्यापिटलसंग सम्झौता गरेको छ ।
सिभिल बैंकले वार्षिक ११ प्रतिशत ब्याजदर भएको ५ वर्षे अवधिको प्रतिकित्ता डिबेञ्चर अंकित मूल्य एक हजारको दरको ५० लाख कित्ता डिबेञ्चर 'सिभिल बैंक डिबेञ्चर २०८४' को सार्वजनिक गर्ने भएको हो ।
व्यक्तिगत तवरले निष्कासन गर्नका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापीटल नियुक्त गरेको छ ।
उक्त सम्बन्धमा बैंक र क्यापीटलबीच बुधबार बैंकको केन्द्रीय कार्यालयमा एक कार्यक्रमबीच दुबै पक्षबीच सम्झौता सम्पन्न भएको छ ।
प्रतिक्रिया