काठमाडौं- साताको चौथो कारोबारको दिन (बुधबार) फेरि शेयर बजार ओरालो लागेको छ ।
हिजो अर्थात मंगलबार ३९.९३ अंक बढेर १९२४.७४ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक ३१.२१ अंकले घटेर १८९३.५३ को बिन्दुमा झरेको छ ।
आज दुई कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ । ग्लोबल आईएमई स्किम १ र आँधिखोलाको शेयरमा सकारात्मक सर्किट लागेको हो ।
त्यस्तै, नबिल इक्विटी फण्डको शेयरमूल्य ४.२१ प्रतिशत,सानिमा लार्ज क्यापको ३.९२ प्रतिशत, शिव श्री हाईड्रोपावरको ३.८९ प्रतिशतले शेयरमूल्य बढेको हो ।
प्रतिक्रिया