काठमाडौं- साताको चौथो कारोबारको दिन (बुधबार) फेरि शेयर बजार ओरालो लागेको छ ।
हिजो अर्थात मंगलबार ३९.९३ अंक बढेर १९२४.७४ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक ३१.२१ अंकले घटेर १८९३.५३ को बिन्दुमा झरेको छ ।
नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३० लाख ३४ हजार ४८३ कित्ता शेयर किनबेच हुँदा ८४ करोड ३७ लाख ७३ हजार ४५९ रुपैयाँको मात्रै कारोबार भएको छ ।
नेप्से घटेपनि यस दिन दुई स्टकको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन ग्लोबल आइएमई समुन्नत स्किम १ र आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, यस दिन नबिल इक्वटी फण्डको इकाई मूल्य ४.२१ प्रतिशत बढेको छ भने सानिमा लार्ज क्याप फण्ड र शिवश्री हाइड्रोपावरको मूल्य ३ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबारमा आएको युनाइटेड इदी मार्दी आरबी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ६.४८ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन हिमाल दोलखा हाइड्रोपावर, घलेम्दी हाइड्रो, हिमालयन उर्जा, सिन्धु विकास बैंक, सूर्या लाइफ इन्स्योरेन्स र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन नबिल बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३ करोड ३९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, नेपाल बैंक र नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ६४ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये सबै उपसमूहको परिसूचक ओरालो लागेको छ। जसमध्ये विकास बैंक, वित्त, जलविद्युत र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
प्रतिक्रिया