काठमाडौं - नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा जानकी फाइनान्स लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ।
जानकी फाइनान्सले गत आर्थिक वर्षका लागि वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
फाइनान्सले आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर बाँडेको थियो । सोही १५ प्रतिशतबराबरको ९ लाख ६१७ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।
प्रतिक्रिया