काठमाडौं- नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले लगानीकर्ताले उठाएका अधिकांश मागहरु कार्यान्वयनको क्रममा रहेको जानकारी गराउँदै बजार ओरालो लाग्नुमा ४(१२ को नीति बाधक भएको बताएका छन् । उनले मंगलबार पत्रकार सम्मेलनमा उक्त जानकारी गराएका हुन् ।
नेपाल राष्ट्र बैंकको ४(१२ को नीति र रिक्स वेटेज १५० पुर्याउँदा बजारमा सेलिङ प्रेसर बढ्यो त्यसले गर्दा बजारमा नकारात्मक प्रभाव देखिएको अध्यक्ष हमालले बताए ।
‘लगानीकर्ताले उठाएका १९ बुँदे माग मध्ये १२(१३ वटा माग कार्यान्वयनको चरणमा रहेको छन्,’ उनले भने, ‘अरु कतिपय माग भने पूरा गर्न नसकिने खालको रहेका छन् ।’
शेयर लगानीकर्ताले पुँजी बजार सुधारका लागि भन्दै राखेका मागहरु सम्बोधन गर्नका लागि बोर्ड तयार भएको जानकारी पनि उनले गराए ।
पुँजी बजार संघर्ष समितिले पुँजी बजार सुधारको लागि भन्दै १९ बुँदे माग राखेर आन्दोलन गर्दै आएका छन् । समितिले गत जेठ २३ गतेमात्रै धितोपत्र बोर्डका अध्यक्ष हमाललाई माग पत्र बुझाएका थिए । त्यसपछि दिनहुँ आन्दोलन गर्दै आएका छन् ।
बोर्डले माग पुरा नगरेको भन्दै पुँजी बजार सुधार समितिका संयोजक तिलक कोइराला अनशनमा छन् ।
प्रतिक्रिया