काठमाडौं- शेयर लगानीकर्ताको आन्दोलनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि समर्थन जनाएका छन्। उनले बुधबार अनसनरत तिलक कोइरालालाई भेटेर आफ्नो तर्फबाट पूर्ण समर्थन रहेको बताएका हुन।
शाहले तिलक कोइरालालाई भेटेर आफुले सक्ने पहल गर्ने बताएका छन्। 'हाम्रो तर्फबाट पूर्ण समर्थन छ। के गर्न सक्छौ गछौ', उनले भने।
कुनै पनि नयाँ नियम ल्याउदा त्यसले अर्थतन्त्रमा कस्तो प्रभाव पर्छ भन्ने कुरा पनि विचार गर्नुपर्ने उनले बताए।
अहिलेको लगानीकर्ताको आन्दोलनलाई राष्ट्र बैंक, अर्थ मन्त्रालयलगायतका निकायसँग बार्तामा बसेर निकास निकाल्नु पर्ने उनले बताए। सरकार र अन्य निकायहरुले पनि चाँडै सम्बोधन गर्न आग्रह गरे।
हाम्रो देश विकास हुने क्रममा नै रहेकोले पूँजी बजारको विकासबाट मात्र देशको विकास गर्न सकिने उनले बताए। उनले हाइड्रोपावरहरु धेरै बन्नुमा पनि शेयर बजारको ठुलो हात भएको र सरकारले मात्रै बनाउने हो भने अहिलेसम्म पनि हामी लोडसेडिङमा नै बस्नुपर्ने अवस्था रहेको उनले बताए।
प्रतिक्रिया