काठमाडौँ -चम्पादेवी पर्यटन र धार्मिक दुबै दृष्टिकोणबाट एक आकर्षक हाइकिङ गन्तब्यका रुपमा स्थापित छ ।
चम्पादेवी काठमाडौं उपत्यकाको दक्षिण पश्चिम क्षेत्रमा अवस्थित अटल थुम्को हो । यो घना जंगलले घेरिएको छ । चम्पादेवी डाँडाबाट देखिने काठमाडौँ उपत्यकाको दृश्यले मननै लोभ्याउँदछ ।
समुद्री सतहदेखि दुई हजार ३०० मिटर उचाइमा अवस्थित चम्पादेवी धार्मिक, सांस्कृतिक पर्यटनको उपयुक्त गन्तव्य मानिन्छ । मञ्जुश्रीले तपस्या गरेको चम्पादेवीमा हरेक वर्षको नयाँ वर्षमा मेला लाग्ने गर्दछ । तस्विर : रोशन श्रेष्ठ
प्रतिक्रिया