काठमाडौं- बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात मंगलबार ३९.९३ अंक बढेर १९२४.७४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.७२ अंक बढेर १९२५.४६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.२८ अंक बढेको छ।
बुधबार प्रि ओपन सेसनमा ९ स्टकको ८० हजार ९३३ रुपैयाँ बराबरको २२० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ५ स्टकको मूल्य बढेको छ भने २ स्टकको मूल्य घटेको छ र २ स्टकको मूल्य स्थिर रहेको छ ।
प्रतिक्रिया