प्रभु लाइफले बोलायो साधारण सभा, कहिले ?

३ बर्ष अगाडि

काठमाडौं - प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभा बोलाएको छ ।

कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले विशेष साधारणसभा यही असार २३ गते आयोजना गर्ने निर्णय गरेको हो । सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा बिहान ११ः४५ बजेबाट सुरु हुनेछ ।

सभाले नियामक निकायले तोकेबमोजिम कम्पनीको अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ । 

कम्पनीको पुँजी वृृद्धि एवं अन्य व्यवस्थाहरुसमेत समावेश गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न आवश्य संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । 

सभाले संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्नेछ। 

३ बर्ष अगाडि

प्रतिक्रिया