दोर्दीखोला जलविद्युतको आईपीओ बाँडफाँड, कसरी हेर्ने नतिजा ?

३ बर्ष अगाडि

काठमाडौं -  दोर्दीखोला जलविद्युत कम्पनीको आईपीओ बुधबार बाँडफाँड भएको छ । 

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको काठमाण्डौ नक्सालस्थित कार्यालयमा दोर्दीखोला जलविद्युतको आईपीओ बाँडफाँड भएको हो । आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ बजे राखिएको थियो । 

गोलाप्रथाबाट भाग्यमानी २ लाख १ हजार ९८६ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । तिनै आवेदकमध्ये २० कित्ताभन्दा बढी भर्ने ९ जनाले थप १–१ कित्ता सेयर पाएका छन् । १२ लाख ६८ हजार ७९७ आवेदकको हात खाली भएको छ।  

कम्पनीले जेठ २६ गतेदेखि ३१ गतेसम्म १०० अंकित दरका कुल २१ लाख ९५ हजार ५०९ कित्ता आईपीओ जारी गरेको थियो। जसमा ५ प्रतिशत अर्थात १ लाख ९ हजार ७७५ कित्ता सामुहिक लगानी कोष र ३ प्रतिशत अर्थात ६५ हजार ८६५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । 

बाँकी २० लाख १९ हजार ८६९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था रहेको थियो । यो आईपीओमा कुल १४ लाख ७१ हजार ६६५ आवेदकबाट १ करोड ६३ लाख ९७ हजार ११० कित्ता सेयर माग भएको थियो । 

जसमा १४ लाख ७० हजार ७८३ आवेदकबाट परेको १ करोड ६३ लाख ८५ हजार ९४० कित्ता सेयर सदर भएको छ भने ८८२ आवेदकबाट परेको ११ हजार १७० कित्ता सेयर बदर भएको छ । 

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ गोलाप्रथा बाँडफाँड गरिएको हो । 

कसरी हेर्ने नतिजा 
यो आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। आईपीओको अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक र धितोपत्र निष्कासनकर्ता कम्पनीको वेबसाइट तथा सीडीएससीको https://iporesult.cdsc.com.np/  मा हेर्न सकिनेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया