कुमारी बैंकका ग्राहकहरुलाई महाराजा रिसोर्टमा १० प्रतिशत छुट

३ बर्ष अगाडि

काठमाडौं- कुमारी बैंक लिमिटेडका ग्राहकले बुटवलको कालिकानगरस्थित महाराजा रिसोर्ट प्रालिमा विशेष छुट पाउने भएका छन्।

कुमारी बैंक र महाराजा रिसोर्टबीच बैंकका ग्राहकलाई छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको हो। सम्झौतापत्रमा कुमारी बैंकका मार्केटिङ प्रमुख नविनमुनि बज्राचार्य र महाराजा रिसोर्टका तर्फबाट महाप्रबन्धक रमेश गैरेले हस्ताक्षर गरेका छन्। 

डिजिटल कारोबारमा ग्राहक आकर्षित भइरहेको कुरालाई मध्यनजर गर्दै डिजिटल कारोबारमा ग्राहकलाई प्रोत्साहन गर्नका लागि कुमारी बैंकले यस सहकार्यमार्फत महाराजा रिसोर्टका विभिन्न सेवाहरुमा आकर्षक छुटको व्यवस्था गरेको हो। यस सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले सो रिसोर्टबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट वा क्रेडिट कार्डबाट गर्दा रिसोर्टको लजिङ र फुडिङ शुल्कमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।
 

३ बर्ष अगाडि

प्रतिक्रिया