सिन्धु विकास बैंकले सेयरधनीलाई लाभांश नदिने

३ बर्ष अगाडि

काठमाडौं - सिन्धु विकास बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ ।

बैंकले २०७६/७७ को नाफाबाट पनि लाभांश वितरण गरेको थिएन । बैंक सञ्चालक समितिको असार ७ गते बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

सोही कारण यसपटक पनि बैंकका सेयरधनीको हात खाली हुने भएको छ । सिन्धुले पछिल्लो पटक आर्थिक वर्ष २०७५/७६ मा ११.४९५ बोनस सेयर र कर तिर्न ०.६५ नगद लाभांश वितरण गरेको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया