काठमाडौं - बीमा समितिले मर्जर तथा एक्विजिसनको लागि गठित संयुक्त मर्जर समितिमा बीमक संस्थाका बढीमा ३ जना मात्रै सञ्चालक रहन पाउने व्यवस्था गरेको छ ।
बीमा समितिले शुक्रबार बीमा कम्पनीलाई एक सर्कुलर जारी गर्दै उक्त समितिमा मर्जर एक्विजिसनमा संलग्न संस्थाको अध्यक्ष तथा लेखापरिक्षण समितिको संयोजक भने समिति सदस्य बन्न नपाउने गरी निर्देशन जारी गरेको हो ।
सम्पत्ति, दायित्व तथा कारोबार मूल्यांकन प्रतिवेदनका आधारमा मर्जर समितिले सिफारिस गरेको स्वाप रेसियोमा १० प्रतिशतले तलमाथि हुने गरी सिफरिस गर्न सकिने र यस्तो निर्णय लिँदा साना लगानीकर्ताको हितलाई ध्यानदिनुपर्ने बताइएको छ ।
निर्देशनमा बीमा कम्पनीहरु मर्जरपछि ३० प्रतिशत सर्वसाधारणको हुनपर्ने भएको छ । बीमा कम्पनीहरुलाई मर्जर, गाभ्ने, गाभिने वा प्राप्ती गर्नका लागि शेयर स्वामित्व सम्वन्धमा नयाँ प्रावधान घोषणा गरेको हो ।
परिपत्रमा जारी गर्दै अब मर्जर भएका बीमा कम्पनीहरुको न्युनतम ३० प्रतिशत शेयर सर्वसाधारणको हुनुपर्ने व्यवस्था गरेको छ । गाभ्ने, गाभिने वा प्राप्तीका लागि सैदान्तिक सहमति लिगेका वा सैदान्तिक सहमति लिग्न इच्छुक कम्पनीहरुले कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सर्वसाधारणको हुनेगरि निर्देशन जारी गरेको हो ।
प्रतिक्रिया