नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ट्याम्पो पार्क गर्ने रत्नपार्क नभएको बताएका छन् ।
वायुसेवा संचालक संघले प्राधिकरणले आफ्ना हरेक निर्णयमा सञ्चालकहरुलाई बेवास्ता गरेको भन्दै भोलिदेखि सम्पुर्ण उडान बन्द गर्ने निर्णय गरेको हो । सो निर्णयपछि नागरिक उडड्यन प्राधिकरणले गरेको पत्रकार सम्मेलनमा बोल्दै महानिर्देशक अधिकारीले यस्तो टिप्पणी गरेका हुन् ।
नेपाल नागरिक उड्डडयन प्राधिकरण (क्यान) ले मंगलबारबाट तोकिएको बेसबाट उडान गर्न निर्देशन दिए पनि एयरलाइन्सले भने उडान बन्द गर्ने निर्णय गरेको थियो । एयरलाइन्स अति संवेदनशील भएकाले उडान रोकेर जनताले दुःख पाए प्राधिकरण चुप लागेर नबस्ने महानिर्देशक अधिकारीले बताए ।
सोमबारको वायुसेवा सञ्चालक संघको बैंठकले बाहिरी विमानस्थलहरूमा आवश्यक पूर्वाधार निर्माण नभइसकेकाले रात्रिकालीन बास राख्न सम्भव नभएको जनाउँदै तत्कालका लागि काठमाडौं नछोड्ने पत्रकार सम्मेलन मार्फत जानकारी गराएका हुन ।
त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा हुने एयर ट्राफिक जाम रोक्नका लागि एयरलाईन्सहरुलाई बेसबाटै उडान गर्न निर्देशन जारी गरेको थियो ।
हेलिकप्टरको ३८ मध्ये २१ वटा काठमाडौं र १७ वटा बाहिर जानुपर्ने छ । प्राधिकरणले १७ वटा जहाज अट्ने ठाउमा ३४ वटा राखेको जनाएको छ ।
५२ वटा जहाजमा ३५ वटा जहाज बाहिर जानुपर्ने नियम छ । ३३ प्रतिशत मात्र जहाज काठमाडौंमा पार्किङ गर्ने क्षमता भएकोले त्यहीअनुसार ठाउँ मिलाएको प्राधिकरणको भनाई छ । जहाँ जुन एयरलाइन्सको बढी प्रभुत्व रहन्छ त्यही ठाउँमा जहाज राख्न पाउने व्यवस्था गरिएको प्राधिकरणले बताएको छ ।
प्रतिक्रिया