कुन बैंकको ब्याजदर कति ?

६ बर्ष अगाडि

काठमाडौं– आधा दर्जन बाणिज्य बैंकले सोमबारदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।  

बैंक अफ काठमाण्डुले माघ २१ (आज) बाट लागु हुने गरी ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको निक्षेपको ब्याजदर साढे पाँच प्रतिशत देखि ९.२५ प्रतिशतसम्म रहेको छ । यसले १ वर्ष भन्दा माथिको मुद्दती निक्षेपमा साढे ८ प्रतिशतको ब्याजदर सार्वजनिक गरेको छ । 

यस्तै  बैंकको कर्जाको ब्याजदर भने आधार दरमा ६ प्रतिशतसम्म थप हुनेछ । बैंकको आधारदर १०.६० प्रतिशत छ । यस आधारमा बैंकको ऋण १६.६० प्रतिशतसम्मको व्याजदरमा पाइन्छ । 

यस्तै प्रभु बैंकले पनि मुद्दती निक्षेपमा साढे ८ प्रतिशतसम्म प्रस्ताव गरेको छ । ऋणमा भने २ प्रतिशत देखि सात प्रतिशतसम्म ब्याजदर रहनेछ । यसमा आधारदर जोडिनेछ ।  आधारदर ९.३७ प्रतिशत रहेको छ । 

सनराइज, सेञ्चुरी, कृषि विकास बैंक र माछापुछ्रे बैंकले भने निक्षेपको मात्र ब्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार सनराइजको संस्थागत निक्षेपकर्ताले ८.६० प्रतिशतसम्म ब्याज पाउँनेछन्  भने माछापुछ्रे बैंकको संस्थागत निक्षेपकर्ताले पनि सोही बराबरको (८.६० प्रतिशत) ब्याजदर पाउँछन् । कृषि विकास बैंकको पनि ८.६० प्रतिशत बयाजदर रहेको छ । 

बैंकर्स संघको आइतबार ब्याजदरकै विषयलाई लिएर बैठक बसेको थियो । यसको भोलिपल्टै  बैंकहरुले ब्याजदर सार्वजनिक गरेका हुन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया