काठमाडौं-स्वास्थ्य अवस्था गम्भीर बनेपछि पाटन अस्पताल लगिएका तिलक कोईरालालाई प्रहरीले अस्पतालबाट निस्किन दिएको छैन।
अस्पतालले उनको स्वास्थ्य अवस्था ठिक रहेको भन्दै डिस्चार्ज गरिसकेपछि पुनस् धितोपत्र बोर्डमै फर्कीई अनसनलाई निरन्तरता दिन चाहेका कोइरालालाई माथिको आदेश भन्दै प्रहरीले अस्पतालबाट बाहिर निस्किन दिएको छैन।
पुँजीबजार सुधार र विकास १९ बुँदे माग राख्दै पुँजीबजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालाले गत असार १ गतेदेखि धितोपत्र बोर्डबाहिर आमरण अनशन थालेका थिए। आमरण अनशनको सातौँ दिन आज स्वास्थ्य अवस्था गम्भीर बनेपछि कोइरालालाई चिकित्सककै आग्रहमा पाटन अस्पताल पुर्याइएको थियो। त्यहाँ उनलाई आकस्मिक कक्षमा राखेर उपचार भइरहेको छ।
प्रतिक्रिया