काठमाडौं- साताको तेस्रो कारोबारको दिन (मंगलबार) शेयर बजारमा हरियाली छाएको छ । लामो समयपछि आज शेयर बजार भारी अंकले बढेर १९०० को बिन्दुमा उक्लिएको छ ।
आज नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसूचक ३७.४९ अंकले बढेर १९२२.३० को विन्दुमा कायम भएको छ ।
आज सबैभनदा धेरै आँधिखोला लघुवित्त वित्तीय संस्था र सिवाएसी नेपाल लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् ।
त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८.९८ प्रतिशतका दरले कमाएका हुन् । रिभर फल्सका लगानीकर्ताले ८.८८ प्रतिशतका दरले कमाएका छन् ।
प्रतिक्रिया