बढेको बजारमा नेपाल टेलिकमसहित यी १० कम्पनीको सर्वाधिक कारोबार, कुन कम्पनीले कतिको कारोबार गरे ?

४ बर्ष अगाडि

काठमाडौं- साताको तेस्रो कारोबारको दिन (मंगलबार) शेयर बजारमा हरियाली छाएको छ । लामो समयपछि आज शेयर बजार भारी अंकले बढेर १९०० को बिन्दुमा उक्लिएको छ ।  

आज नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसूचक ३७.४९ अंकले बढेर १९२२.३० को विन्दुमा कायम भएको छ । 

आज २३१ वटा कम्पनीको ३७ लाख ६५ हजार ५१६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २५ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर कारोबार भएको छ । कम्पनीको ११ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

यस्तै, नविल बैंकको ४ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको ३ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया