माग पुरा नभए  भोलिदेखि नियमित उडान रोक्ने वायु सेवा संचालक संघको घोषणा

३ बर्ष अगाडि

काठमाडौं- वायु सेवा सञ्चालक संघले ५ बुँदे माग अघि सार्दै माग पूरा नभएमा सबै उडान स्थगित गर्ने निर्णय गरेको छ ।

वायु सेवा सञ्चालक संघ नेपालले हवाई क्षेत्रमा रहेका दीर्घकालीन समस्या समाधानको माग राख्दै बुधवारदेखि नियमित उडान रोक्ने घोषणा गरेको हो ।

संघले मंगलवार पत्रकार सम्मेलन गर्दै ५ बुँदे माग अघि सारेको छ । उक्त माग सम्बोधन नभएसम्म असार ८ गते बुधवारदेखि सबै उडान रोक्ने घोषणा गरेको हो ।

विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा यात्रु सेवा शुल्क, ल्यान्डिङ, पार्किङ, नेभिगेसन लगायतका सम्पूर्ण शुल्क वृद्धि गर्ने निर्णय फिर्ता लिई पूर्ववत कायम गर्न संघले माग गरेको छ ।

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकप्टर सञ्चालनका लागि दीर्घकालीन हेलिप्याड, मर्मत सम्भारका लागि ह्याङर लगायतका भौतिक पूर्वाधारहरुका लागि स्थान उपलब्ध गराउनुपर्ने पनि संघको माग छ ।

नेपाललाई युरोपियन युनियनको हवाई सुरक्षाको सूचीबाट हटाउनका लागि सरकारले यथाशीघ्र पहल गर्पनुर्ने संघको माग छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया