नेसनल हाइड्रोपावरसहित ३ कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत, कुन कम्पनीको कति कित्ता ?

४ बर्ष अगाडि

काठमाडौं, नेपाल स्टक एक्सेञ्च (नेप्से)मा आज मंगलबार ३ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । 

नेसनल हाइड्रोपावर, प्रभु इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सको ५० लाख ५० हजार १६२.४८५५ कित्ता बोनस सेयर सूचीकृत भएको हो। 

जसमा नेसनल हाइड्रोपावरको २५ लाख ६६ हजार ५७.४३५५ कित्ता, प्रभु इन्स्योरेन्सको १२ लाख ७८ हजार ९२.५६ कित्ता र एनएलजी इन्स्योरेन्सको १२ करोड ६ लाख १३.०५ कित्ता छन्। 

यी कम्पनीले गत आर्थिक वर्षका लागि शेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। यीमध्ये नेसनल हाइड्रोपावरले १८.५२५ प्रतिशत, प्रभु इन्स्योरेन्सले ११ प्रतिशत र एनएलजी इन्स्योरेन्सले १० प्रतिशत बोनस सेयर वितरण गरेका थिए। 

४ बर्ष अगाडि

प्रतिक्रिया