काठमाडौं- समृद्धि फाइनान्सले असार १ गतेदेखि बिक्री खुला गरिरहेको लिलामी शेयरमा आवेदन दिने अन्तिम म्याद बिहीबार (असार ९ गते)सम्म रहेको छ । कम्पनीले ७ लाख ७२ हजार ६६६ कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्री खुला गरेको हो ।
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यो शेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
यसअघि कम्पनीले चैत २९ गतेबाट वैशाख ७ गतेसम्म संस्थापक समूहको ८ लाख ६७ हजार ३६६ कित्ता र सर्वसाधारण समूहको ७३ हजार १०० कित्ता शेयर लिलामीमार्फत बिक्री गरेको थियो । सो समयमा बिक्री नभएको संस्थापक समूहको बाँकी शेयर कम्पनीले फेरि लिलामीमा ल्याएको हो । यसमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटलले गरेको छ ।
प्रतिक्रिया