काठमाडौ- माण्डु हाइड्रोपावर र माइ खोला हाइड्रोपावरको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त भएको छ ।
माण्डु हाइड्रोपावरले सर्वसाधारणमा शेयर जारी गर्दा प्रिमियम मुल्यमा शेयर जारी गर्ने तयारी गरेको छ । कम्पनीले आज एक कार्यक्रम आयोजना गरी आफ्नो कम्पनीको शेयर सर्वसाधारणमा निष्कासन गर्नका लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्ती गर्ने सम्झौता गरेको हो । सम्झौतामा माण्डु हाइड्रोपावरको तर्फबाट कम्पनीका अध्यक्ष महेश्वर प्रकाश श्रेष्ठ तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।
प्रभु क्यापिटलले माइखोला हाइड्रोपावर लिमिटेडको शेयर सर्वसाधारणमा निष्कासन तथा बिक्री प्रबन्धकमा गर्ने भएको छ । कम्पनीले आफ्नो शेयर सर्वसाधारणमा निष्कासन तथा बिक्री प्रबन्धकको कार्य गर्नको लागि एक कार्यक्रमको आयोजना गरी प्रभु क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्ती गर्ने सम्झौता गरेको हो । सम्झौतामा माइ खोला हाइड्रोपावरका तर्फबाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत रितेश रजकले तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन्।
प्रतिक्रिया