काठमाडौं- मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेको छ।
अघिल्लो कारोबार दिन अर्थात सोमबार ४९.३१ अंक घटेर १८८४.८१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.५६ अंक घटेर १८८४.२५ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०१ अंक घटेको छ।
मंगलबार प्रि ओपन सेसनमा १० स्टकको ३ लाख १४ हजार ६२ रुपैयाँ ५९ पैसा बराबरको १ हजार ७७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ५ स्टकको मूल्य बढेको छ भने ४ स्टकको मूल्य घटेको छ र १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ
प्रतिक्रिया