सानिमा लाइफको ४.४२% लाभांश प्रयोजनको लागि भोलि बुकक्लोज गर्दै, साधारण सभा कहिले ?

३ बर्ष अगाडि

काठमाडौं- सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज (मंगलवार) अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि असार ८ गते बुक क्लोज गरेसँगै आजसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले आव २०७६र७७ सम्मको मुनाफाबाट शेयरधनीलाई ४.२ प्रतिशत बोनस शेयर र ०.२२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी असार २० गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा स्मार्ट दरबार ब्याक्वेंट धुम्रबाराही, काठमाडौंमा विहान १० बजे शुरू हुने जानकारी दिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया