लगातार ओरालो लागेको बिटकवाइनको मूल्य बढ्यो,एकैदिनमा ६.५० प्रतिशतको उछाल

४ बर्ष अगाडि

काठमाडौं- लगातार ओरालो लागिरहेको क्रिप्टो करेन्सीको मूल्य बढेको छ ।  सोमबार बिटक्वाइन, इथेरियम देखि लाइटक्वाइन र पोल्काडट लगायतका प्राय सबै क्रिप्टोकरेन्सीमा तिव्र वृद्धि देखिएको छ ।

विश्वको सबैभन्दा लोकप्रिय क्रिप्टोकरेन्सी बिटकवाइनको मूल्यमा गत २४ घण्टामा उछाल आएको छ । एक दिनमा यसको मूल्यमा ६.५० प्रतिशतले वृद्धि भएको छ । हाल बिटक्वाइनको मूल्य २० हजार ८६५ डलर बराबरमा कारोबार भइरहेको छ । यस मूल्यमा बजार पूँजीकरण ३९६.१७ बिलियन डलर पुगेको छ । विगत २४ घण्टामा बिटक्वाइनको न्यून विन्दु १९ हजार १२९.७० डलरमा झरेको थियो । यसैगरी २४ घण्टाको उच्च स्तर भने २० हजार ९७२ डलर पुगेको थियो । हालसम्ममा बिटक्वाइनको मूल्य ६८ हजार ९९०.९० डलरको रेकर्ड छोएको थियो । सो स्तरभन्दा अहिलेको मूल्य ५५.५१ प्रतिशतले कम हो ।

यसैगरी इथेरियमको मूल्य पनि बढोत्तरी भएको छ । २४ घण्टामा इथेरियम ९.३२ प्रतिशले बढेर एक हजार १५१.६६ डलर पुगेको छ । इथेरियमको बजार पूँजीकरण १३६.७८ बिलियन डलर रहेको छ।

शिर्ष १० क्रिप्टोकरेन्सीमध्ये डजक्वाइनको मूल्यमा पनि उकालो लागेको छ । यसको भाउमा ५.५५ प्रतिशतले बढेर ०.०६०७६१ डलरमा कारोबार हुँदैछ । यसकासाथै पोल्काडट १०.१६ डलरले वृद्धि भएर ७.९९ डलर पुगेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया