काठमाडौं- नेपाल स्टक एक्चेन्ज (नेप्से)मा आज कारोबार भएका १५ कम्पनीको शेयरमूल्य २०० भन्दा तल झरेको छ ।
आज एचआईडिसीएल, युनिभर्सल पावर कम्पनी, सिभिल बैंक, युनियन हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, सनराइज बैंक, घलेम्दी हाइड्रोपावर, आँखुखोला जलविद्युत कम्पनी, सेन्चुरी बैंक, सोल्टी होटल, जोशी हाइड्रो पावरको शेयरमूल्य २०० तल झरेको छ ।
यसैगरी, खानी खोला हाइड्रो, दिब्यश्वरी हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट बैंक, पञ्चकन्या माइ हाइड्रोपावर र सप्तकोशी डेभलपमेन्ट बैंकको मूल्य २०० भन्दा तल ओर्लिएको हो ।
यी १५ वटा कम्पनीको शेयर मूल्य प्रतिकित्ता २०० रुपैयाँ भन्दा पनि तल आइसकेको छ ।
गत वर्षको भदौ २ गते करिव ३२०० अंक नजिक पुगेको नेप्से अहिले १९०० अंक भन्दा तल आइपुगेको छ ।
प्रतिक्रिया