शेयर बजारमा पहिरो, करिब ५० अंकले घटेर  १८८४.८१ को बिन्दुमा नेप्से

४ बर्ष अगाडि

काठमाडौं- साताको दोस्रो कारोबार दिन (सोमबार) शेयर बजारमा नकरात्मक पहिरो गएको छ । दिनौं ओरालो लागेको शेयर बजार आज १८०० को बिन्दुमा झरेको हो ।

आज नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक ४९.३१ अंकले घटेर १८८४.८१ को बिन्दुमा झरेको छ ।

आज नेप्सेमा सूचीकृत २३० कम्पनीको ६१ लाख ८६ हजार ९४१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७५ करोड ६ लाख १७१ रुपैयाँको कारोबार भएको छ ।

पछिल्लो समय नेप्सेमा गिरावट आएसँगै कारोबार रकम समेत घट्दै गइरहेको छ । आज पनि शेयरबजारमा एक अर्बको मात्रै कारोबार हुन पुगेको छ ।

सो रकम बराबरको कारोबार हुृँदा सर्वाधिक प्रभु बैंकको प्रोमोटर शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ११ करोड ८३ लाख २० हजार रुपैयाँको कारोबार भएको हो ।

नेप्से घटेपनि यस दिन दुई स्टकको मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन आँधीखोला लघुवित्त वित्तीय संस्था र सिवाईसी लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने २ प्रतिशतभन्दा कम रहेको छ। यस दिन तेह्रथुम पावर कम्पनीको शेयरमूल्य सर्वाधिक १० प्रतिशत घटेको छ। त्यसैगरी, कालिका पावर र रिभर फल्स पावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ।

सोमबार कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ४.२८ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन विकास बैंक उपसमूहको परिसूचक ४.१३ प्रतिशत घटेको छ भने वित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ। कारोबारमा आएको होटल तथा पर्यटन, लगानी, जीवन बीमा, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक यस दिन २ प्रतिशतभन्दा बढी घटेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया