काठमाडौं- साताको दोस्रो कारोबार दिन (सोमबार) शेयर बजारमा नकरात्मक पहिरो गएको छ । दिनौं ओरालो लागेको शेयर बजार आज १८०० को बिन्दुमा झरेको हो ।
आज नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक ४९.३१ अंकले घटेर १८८४.८१ को बिन्दुमा झरेको छ ।
आज नेप्सेमा सूचीकृत २३० कम्पनीको ६१ लाख ८६ हजार ९४१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७५ करोड ६ लाख १७१ रुपैयाँको कारोबार भएको छ ।
सो रकम बराबरको कारोबार हुृँदा सर्वाधिक प्रभु बैंकको प्रोमोटर शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ११ करोड ८३ लाख २० हजार रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, एनटिसीको १० करोड ९२ लाख, हिमालयन डिस्टिलरीको ५ करोड ७३ लाख, एनआइसी एशिया बैंकको ४ करोड ३५ लाख र नबिल बैंकको ४ करोड ७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया