काठमाडौं- साताको दोस्रो कारोबार दिन (सोमबार) शेयर बजारमा नकरात्मक पहिरो गएको छ । दिनौं ओरालो लागेको शेयर बजार आज १८०० को बिन्दुमा झरेको हो ।
आज नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक ४९.३१ अंकले घटेर १८८४.८१ को बिन्दुमा झरेको छ ।
आज नेप्सेमा भारी अंकको गिरावट आउँदा दुई कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किटसहित जम्मा ६ कम्पनीको शेयरमूल्य बढेको हो । नेप्सेमा कारोबारको अन्तिम समयसम्म २३० कम्पनीको शेयर खरिदबिक्री भएको छ ।
आँधीखोला र सिवाईसी नेपाल लघुवित्तको मूल्यमा सकरात्मक सर्किट लागेको हो । आँधीखोला लघुवित्तको मूल्य १० प्रतिशत र सिवाईसी नेपाल लघुवित्तको मूल्य ९.९८ प्रतिशतले बढेको छ ।
यस्तै ,ओरियन्टल होटल्स, सिद्धार्थ इक्विटी, नेपाल इन्भेष्टमेण्ट डिबेन्चर २०८२ र गोर्खाज फाइन्सको शेयरमूल्य बढेको हो ।
प्रतिक्रिया