फेडले औसत ब्याज दर बढाउने निर्णय गरेपछि डलर बलियो, येन २४ वर्ष यताकै कमजोर

३ बर्ष अगाडि

एजेन्सी - अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्भ (फेड) ले औसत ब्याज दर बढाउने तयारी गरेको छ । फेडले औसत ब्याज दर बढाउने निर्णय गरेसँगै डलर बलियो हुँदै जाँदा जापानी येन २४ वर्ष यताकै कमजोर हुन पुगेको छ ।

गत साता जापानी केन्द्रीय बैंक, बैंक अफ जापानले विस्तारकारी नीतिलाई नै निरन्तरता दिने निर्णय गरेको छ । विश्वव्यापी रुपमा विकसीत देशहरुले औसत ब्याज दर बढाउँदा अरु मुद्रा बलियो हुँदै गएका छन् भने जापानी येन कमजोर हुँदै गएको हो ।

येन घट्दै गर्दा डलर सूचांक युरो, येन लगायतका अन्य चार मुद्राको तुलनामा ०.२८ प्रतिशतले घटेको छ भने १०४.४० विन्दुमा कायम भएको छ । डलरको मूल्य नबढ्नुको कारण अमेरिकी सेयरबजारमा भएको मध्यम कारोबार रहेको सीटिग्रुप ग्लोबल मार्केट जापानका रणनीतिज्ञ ओसामु टाकासीमाले बताएका छन् ।

यसैगरी फेडले औसत ब्याज दर बढाउने निर्णय गरेसँगै त्यसको प्रभाव सेयरबजारमा नकरात्मक र डलर र अमेरिकी बन्डमा सकरात्मक परेको उनले थपेका छन् । फेडले औसत ब्याज दर बढाउँदै गर्दा येन डलरको विरुद्धमा १४० पुग्न सक्ने र अमेरिकी बन्डको कुपन दर ३.७५ प्रतिशत सम्म पुग्ने टाकासीमाले अनुमान गरेका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया