३० वर्षभन्दा बढी बैंकिङ क्षेत्रमा काम गरेका अनिल शाह आज नबिल बैंकबाट विदा हुँदै

३ बर्ष अगाडि

काठमाडौं- नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल केशरी शाहको कार्यकाल आजदेखि समाप्त हुँदैछ । 

बैकिङ्ग क्षेत्रमा ३० वर्षभन्दा बढी र १७ वर्षभन्दा बढी सिइओको पदभार ग्रहण गरिसकेका शाहको आजदेखि नबिल बैंकको ४ वर्षे कार्यकाल समाप्त हुने भएको हो । शाहले २०७५ साल असार ७ गतेदेखि नबिल बैंकको सिइओ पदको कार्यभार सम्हालेका हुन् । नबिल बैंकलाई उत्कृष्ट बैंकको दर्जामा पुर्याउन उनको ठूलो योगदान रहेको छ ।

मेगा बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश पाएपछि शाह नबिल बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृत भएर प्रवेश गरेका थिए । 

नबिल बैंकको संचालक समितिको अध्यक्ष उपेन्द्र प्रसाद पौडेल र अन्य संचालकहरुको उपस्थितिमा शाहको आज विदाई हुँदैछ । आगामी वर्षहरुमा उनी उद्यमीतर्फ अग्रसर रहने उनले बताएका छन् ।

साथै शाहले नबिल बैंकको टोलीलाई आफ्नो व्यवसायिक सफलताको हिस्सामा योगदान दिएकोमा धन्यवाद समेत व्यक्त गरेका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया