काठमाडौं - नेपाल राष्ट्र बैंक लिमिटेडले ८० करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।
बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम ३६५ दिनका लागि (२०७९ साल असार २२ गतेदेखि २०८० साल असार २० गतेसम्म) बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको एक सूचना मार्फत जानकारी दिएको छ ।
बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ६४ करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा १२ करोड रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा ४ करोड रुपैयाँ गरी कूल ८० करोड रुपैयाँ लगानी गर्न लागेको हो ।
बैंक तथा वित्तीय संस्थाले असार ८ गते बिहान १० बजेदेखि राती १२ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।
प्रतिक्रिया