महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आषाढ ४ गते काठमाण्डौमा 'साइन्स अफ सेल्स' सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बागमती प्रदेश अन्तर्गतका शाखा रउपशाखाको अभिकर्ताहरुलाई विक्रि कला सम्बन्धी प्रशिक्षण दिने उद्देश्यले मित्रपार्क स्थित गोल्डेन लाईट पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमका अध्यक्ष तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । ३०० भन्दा बढी अभिकर्ता र एजेन्सी म्यानेजर, शाखारउपशाखा प्रमुख र प्रधान कार्यालयका उच्च पदस्थ अधिकृतहरुको प्रशिक्षण कार्यक्रममा सहभागिता रहेको थियो ।
कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले सहभागिहरुको स्वागत गर्दै कार्यक्रमको महत्व माथि प्रकाश पारे। लाईफ चेन्जर मोटिभेसनल प्रशिक्षक राजावाबु साहले जीवन बीमामा संभावित वीमितको पहिचान, उनीहहरुसँग गरिने व्यवहार, विक्री कार्यलाई सफल कार्यान्वयन गर्ने बारेमा प्रशिक्षण दिएका थिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले सफल अभिकर्ता हुन र बीमा व्यवसाय प्रबर्द्धन गर्न चाल्नु पर्ने कदम बारेमा प्रशिक्षण दिए ।
बरिष्ठ सहायक महाप्रबन्धक सपना खरेल, प्रशान्तराज धमला र प्रबन्धक सिताराम धिमालको समेत उपस्थिति रहेको कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले धन्यवाद ज्ञापन गरे । कार्यक्रमको संचालन कम्पनीका वागमती क्षेत्रिय प्रमुख राम प्रसाद भुसालले गएका थिए ।
प्रतिक्रिया