लेखापरिक्षक नियुक्ती र पारिश्रमिक पारित गर्न नेपाल अरनिको हाइड्रोपावरले बोलायो साधारण सभा, कहिले ?

३ बर्ष अगाडि

काठमाडौं - नेपाल अरनिको हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले आफ्नो तेस्रो वार्षिक साधारण सभा बोलाएको हो । 

सभा असार २७ गते हुने छ । सभा रजिष्टर्ड कार्यालयमा बिहान ११ः३० बजे शुरु हुने कम्पनीले जनाएको छ ।

सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित हुने छ । यस्तै आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित हुने कम्पनीले जनाएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया