काठमाडौं - मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको कूल एक लाख ३२ हजार ८ सय ९८ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
बैंकले एक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर निवेदन दिन आग्रह गरेको छ ।
निवेदन बैंकको केन्द्रिय कार्यालय, महेन्द्रपथ, धरान(१२ सुनसरी वा बैंकको सेयर रजिष्ट्रार प्रभु क्यापिटल, कमलादी, काठमाडौँमा पुग्ने गरी दिनु पर्ने छ ।
प्रतिक्रिया