आरविवि मर्चेन्ट बैंकिङ्गद्धारा असार मसान्तभित्र डिम्याट खाता नविकरणको शुल्क बुझाउन आग्रह

३ बर्ष अगाडि

काठमाडौं - आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले आफ्ना शेयरधनीहरुलाई गरेको छ ।

कम्पनीले डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राहीहरुलाई आर्थिक वर्ष २०७८/७९ सम्मको  डिम्याट खाता सञ्चालन गरे बापत वार्षिक शुल्क प्रत्येक आर्थिक  वर्ष १०० का दरले भुक्तानी गर्नुपर्ने व्यवस्था अनुसार २०७९ असार मसान्तभित्र उक्त शुल्क बुझाउन आग्रह गरिएको हो । 

तोकिएको समयमा वार्षिक शुल्क भुक्तानी नगरेमा डिम्याट खाता रोक्का गर्ने कम्पनीले जनाएको छ । हितग्राहीहरुले आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड तथा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आफूलाई पायक पर्ने नजिकैको शाखा कार्यालयहरू  तथा कनेक्ट आइपीएस, फोन पे, इ - सेवा, खल्ती, प्रभु पे, आइएमइ पेबाट भुक्तानी गर्न सक्नेछन् । 

मेरो सेयर सेवा लिएका हितग्राहीहरुले सो सेवा सञ्चालनमा आएको एक वर्षको अवधिभित्र नविकरण गरी सक्नुपर्ने र सो समयवधिभित्र नविकरण नभएमा उक्त सेवा बन्द हुने समेत क्यापिटलले जनाएको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया