काठमाडौं - मर्जरको कारण ५ वटा बीमा कम्पनीहरुको शेयर कारोबार रोक्का भएको छ । बीमा समितिले लिएको मर्जरको नीतिलाई आत्मसाथ गर्दै मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका बीमा कम्पनीहरुको शेयर कारोबार रोक्का गरेको हो ।
प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफले मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरे सँगै तीन वटै कम्पनीहरुको शेयर कारोबार बन्द छ । अहिले यि तीन कम्पनीको ७ अर्ब एक करोड रुपैयाँको पूँजी बन्धक छ ।
त्यस्तै एभरेष्ट र हिमालयन इन्स्योरेन्स कम्पनीले मर्जरको सहमति गरे लगत्तै उनिहरुको पनि २ अर्ब ४२ करोड रुपैयाँको पूँजी रोक्का छ । यसरी बीमा कम्पनीहरुको तर्फबाट अहिले ९ अर्ब ४४ करोड रुपैयाँको पूँजी खरिद बिक्री बन्द छ ।
बीमा कम्पनीहरुलाई पनि बीमा समितिले यहि २०७९ भित्र मर्जरका लागि आवस्यक प्रकृयाँ पुरा गर्न दवाव दिदै आएको छ । मानेसम्म प्रोत्साहन गर्न नमाने फोर्स मर्जरको पक्षमा दुबै नियामक छन् ।
प्रतिक्रिया